धनगढीमा प्रहरीमाथि डिउटीमै आक्रमण गर्ने फुलबारीका टमटा, मङ्गलबार राति नै पक्राउ

भक्तराज जोशी

धनगढी । मंगलबार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास भएको छ ।

राति करीब सवा ८ बजेतिर ट्राफिक चौराहमा हरहर महादेव भन्दै हातमा चक्कु लिएर सडकमा हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

khadya

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनलाई नियन्त्रणमा लिन खोज्दा क्रममा प्रहरीमाथि ती युवकले चक्कु प्रहार गर्ने प्रयास गरेको देखिन्छ ।

प्रहरी स्रोतकाअनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । भिडियोमा भारतीय नागरिक भनिएपनि उनी नेपाली भएको खुलेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । ती युवक मानसिक रुपमा अस्वस्थ रहेको बुझिएको प्रहरीले जनाएको छ । तर प्रहरीले घटनाबारे औपचारिक रुपमा जानकारी दिएको छैन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार