अदालत जाने चेतावनीसहित युवराज सफलले पठाए ओलीलाई पत्र !

काठमाडौं : सामाजिक सञ्जाल नियमन र नियन्त्रणका लागि सरकारलाई तत्काल कडाइ गर्न माग गर्दै युवराज सफलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन् ।

सामाजिक सञ्जालले समाजमा सद्भाव बिथोल्ने, अश्लीलता फैलाउने र आपराधिक गतिविधि प्रोत्साहन गरिरहेको भन्दै सफलले प्रधानमन्त्रीलाई पत्र पठाएका हुन् । उनले यस्ता कार्यहरू तत्काल सुधारका लागि ठोस कदम चाल्न आग्रह गरेका छन् ।

khadya

फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम, पोपो, बिगो, टेलिग्राम र ह्वाट्सएपको प्रयोग व्यापक भए पनि यसको नियमन र नियन्त्रण प्रभावकारी रूपमा हुन नसकेको सफलले पत्रमा उल्लेख गरेका छन् ।

सफलले यदि सरकार सामाजिक संजालको नियमनमा कडा कदम चाल्न असफल भएमा सर्वोच्च अदालतमा रिट दायर गरी कानूनी प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार