कैलाली : कैलालीको अत्तरियामा शुभद स्पोर्टस हाउस सञ्चालनमा आएको छ । अत्तरियामै पहिलो पटक स्पोर्टसका मात्रै सामान पाउने पसल सञ्चालनमा आएको हो ।
स्पोर्टस हाउसको बिहीबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका थिए । स्पोर्टस हाउसको उद्घाटन गर्दै उनले अत्तरियामा स्पोर्टको क्षेत्रमा राम्रो कामको सुरुवात भएको बताए । उनले पूर्ण रूपमा खेलकुदका सामान पाउने पसल सञ्चालनमा आउनु खेलकुदको क्षेत्रको विकासका लागि कदम भएको बताए ।
‘सम्पूर्ण खेलकुदका सामाग्री पाइने पसल सञ्चालनमा आएको छ । यसले खेलको विकासमा मदत पुग्नेछ’ उनले भने ‘खेलकुदले स्वास्थ्य रहन मदत गर्ने भएकाले त्यसका लागि आवश्यक सामग्री पाउने पसल खुल्नु राम्रो कुरा हो ।’
महेन्द्रनगर रोडस्थित गोदावरी कम्प्लेक्स भित्र सञ्चालित उक्त पसलमा खेलकुदका सम्पूर्ण समान पाइने स्पोर्टस हाउस सञ्चालक कृष्ण विष्टले बताए । उनले पसलमा खेलकुदका सबै समान थोक तथा खुद्रा मूल्यमा पाइने बताए ।
‘स्वास्थ्य रहनका लागि पनि खेलकुद अपरिहार्य छ । त्यसका लागि एकै ठाउँमा सहज रूपमा खेलकुदका सामाग्री पाउन सहज होस भन्ने उद्देश्यले खेलकुदका सामान एकै ठाउँमा पाइने पसल सञ्चालनमा ल्याएका हौ’ उनले भने ‘स्पोर्ट हाउसमा भलिबल, फुटबल, क्रिकेट, व्याटमिन्टन लगायतका सामाग्री उपलब्ध छन् ।’
अर्का सञ्चालक पुष्कर साउँदले अत्तरियामा खेलकुदका मात्रै सामान पाउने पसल नभएकाले विशुद्ध रूपमा खेलकुदका मात्रै सामान पाउने पसल सञ्चालनमा ल्याइएको बताए । उनले भने ‘खेलकुदप्रति रुचि भएका सम्पूर्ण व्यक्तिहरूको करियरका लागि हामीले यहाँबाट गर्न सक्ने सेवा दिन तयार छौ ।’ उनले १५ लाख लगानीमा स्पोर्टर्स हाउस सञ्चालनमा ल्याइएको बताए ।
उद्घाटन कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दनुहोस्