सरकारले ८० प्रतिशत नेपालीलाई जिउँदै मार्ने दूषित पानी खुवाएको छ आरोप

Call24News

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारमाथि ८० प्रतिशत नेपालीलाई जिउँदै मार्ने दूषित पानी खुवाउने गरेको आरोप लगाएका छन्।

बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। सरकारले पानी खुवाएको तर खुवाएकोमध्ये ८० प्रतिशत जनतालाई दूषित पानी खुवाएको आरोप उनले लगाए।

khadya

उनले नागरिकमाथि सरकारले यस्तो व्यवहार गर्न नहुने बताए। उनले शिक्षामा पनि विद्यार्थीलाई दिवा खाजाको प्रलोभन देखाएर भर्ना गर्ने तर शिक्षाको गुणस्तर सुधार्नेतर्फ अघि नबढेको आरोपसमेत लगाए।

उनले तथ्यांकमा अब्बल देखाउनका लागि मात्रै गरिने यस्ता कामले कुनै प्रतिफल नदिने बताए।

‘हामीले पानी त ख्वायौँ तर दूषित पानी खुवाइरहेका छौँ‚ यो त गम्भीर विषय भयो‚ बरु नखुवाउँदै ठिक हुन्छ नि खानेपानी हामीले ९० प्रतिशतभन्दा माथि जनसंख्यालाई खुवायौँ भनेका छौँ‚’ ​उनले भने‚ ‘तर करिब त्योमध्येको ८० प्रतिशत जनतालाई त दूषित पानी खुवाएका छौँ‚ जिउँदै मार्ने टाइपको। शिक्षाको बारेमा जनतालाई ललिपप देखाएर आफूतिर आकर्षित गरेजस्तो गरेर स्कुलमा धेरै भर्ना गर्नको निम्ति खाजाको व्यवस्था गरिएको हुन्छ। हामी डाटामा आफूलाई अब्बल देखाउन खाजा भन्ने वस्तु देखाउँछौँ र भर्नातिर ल्याउँछौँ।’

अध्यक्ष दाहालले कति सडक, बिल्डिङ र उद्योग बने भन्ने कुराले मात्रै नेपाली जनताको स्तर मापन गर्ने नभइ नेपालीको जीवनस्तरमा कति प्रगति भयो मापन गर्न जरुरी रहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार