अत्तरिया : माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरी धाममा स्नान गर्न तथा अवलोकन गर्न पुगेका भक्तजनहरुलाई निःशुल्क चिया वितरण गरिएको छ । अत्तरियामा रहेको फारवेल फुड ल्याण्ड र डोटेली संस्कृति संरक्षण समाज गोदावरीले भक्तजनहरुलाई निःशुल्क चिया वितरण गरेका हुन ।
डोटेली संस्कृति संरक्षण समाज गोदावरीले भक्तजनहरुलाई करिब ४ हजार ८०० कप चिया वितरण गरेको जनाएको छ । समाजका सचिव राजेन्द्र खड्काले गोदावरीमा स्नान गर्न आएका भक्तजनहरुलाई राहत दिने उद्देश्यले सो कार्य गरिएको बताए ।
उनले चिसोको समयमा धार्मिक आस्था र विश्वासका साथ गोदावरी पुगेका भक्तजनहरुलाई चिसोबाट बचाउन चिया वितरण गर्नुका साथै ठाउँठाउँमा मुडाहरु बाल्ने काम समेत समाजले गरेको बताए । यस्तै अत्तरियामा रहेको फारवेल फुड ल्याण्डले पनि गोदावरी धाममा पुगेका भक्तजनहरुलाई चिया वितरण गरेको छ । फारवेलले करिब २ हजार ५०० कप दुधचिया भक्तजनहरुलाई वितरण गरेको हो ।
फारवेलका सञ्चालक गणेश प्रसाद भट्टले माघे सक्रान्तीमा गोदावरी धाममा स्नान गर्न आएका भक्तजनहरुलाई लक्षित गर्दै चिया वितरण गरिएको बताए । उनले आफुले सो कार्य आत्मसन्तुष्टिका लागि गरेको पनि बताए ।
प्रतिक्रिया दनुहोस्