काठमाडौं : काठमाडौं उपत्यकाको पूर्वीभेगमा एक महिने कठोर माधवनारायण व्रत शुरू भएको छ । शालीनदीमा बिहानैदेखि व्रतालु एवं भक्तजनको भीड लागेको छ ।
स्वस्थानी व्रत र साँखु शालिनदी मेला आजदेखि शुरू भएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । मेलामा महिला, पुरुष र सात जना पूजारीगरी दुई सयभन्दा बढी व्रतालु सहभागी हुने गरी तयारी भएको शङ्खरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । व्रतालुको यकिन आज अपराह्नसम्म हुने जनाइएको छ ।
‘चार दिनसम्म व्रतालु थपघट हुन सक्छन्, व्रतालुले बिहान ५ बजे स्नान, त्यसपछि गणेशपूजा, मध्याह्नमा नित्य महादेव र पार्वती पूजा, बेलुकी साल्खाटोलदेखि ज्योतिर्लिङ्गेश्वरलगायत साँखु बजार सहस्रधारासहित परिक्रमाको कार्यक्रम हुन्छ,’ उनले भने । व्रतालुले आज माधवनारायणका मूल पुजारीसँग बेलुकी जल लिएपछि जुत्ता चप्पल छुन नहुने र नून खान नहुने व्रतविधि छ ।
प्रतिक्रिया दनुहोस्