धनगढीको सेती प्रादेशिक अस्पतालमा रेबिज लागेका एक जनाको मृत्यु

धनगढीः धनगढीको सेती प्रादेशिक अस्पतालमा रेबिज लागेका एक जनाको मृत्यु भएको छ।

कैलालीको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवाको रेबिजका कारण पुस २२ गते मृत्यु भएको प्रादेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। चार महिना अगाडि ती व्यक्तिलाई भारतमा कुकुरले टोकेको र रेबिजको लक्ष्यण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए।

SHIKHAR COOL TECH

उनको उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर खगेन्द्रबहादुर बमले बताए। भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको बमले बताए। रेबिजबाट बच्न कुकुर, बिरालो लगायत जंगली जनावर टोकेमा रेबिज विरुद्धको खोप लगाउनुपर्ने डाक्टर बमले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार