धनगढीका ठाउँठाउँमा खानेपानीका पाइप फुटे, सास्ती खेप्दै नागरिक

स्मृति के.सी

धनगढी । धनगढी उपमहानगरपालिकाभित्र ठाउँठाउँमा खानेपानीका पाइप फुटेर छरपस्ट छ । कतै खानेपानी नहुँदा शुद्ध खानेपानीको अभाव छ भने कतै भएकै पाइप फुटेर हैरानी छ ।

अझ खानेपानीका पाइप फुटेर सडकभरी पानी हुँदा नागरिक पनि सास्तीमा छन् ।

khadya

यसै त अहिले धनगढीका अधिकांश सडक तथा गल्लीहरुमा मर्मत र निर्माणकार्य चलिरहेको छ । त्यसैमाथि पानीका पाइप फुटेर बाटैभरी पानी जम्मा भएपछि एक त निर्माण कार्यमा बाधा पुगेको छ भने अर्कोतर्फ नागरिकलाई आवतजावतमा पनि समस्या भएको छ ।

त्यसका अलावा ठाउँठाउँमा खानेपानीका पाइप फुटेपछि कतै धारामा कम पानी आउने, कतै धारामा पानी नै नआउने, कतै खानेपानीमा बालुवा मिसिएर आउने लगायतका समस्या देखिएका छन् ।

यसरी खानेपानीका पाइप फुटेर खानेपानीमा समस्या देखिएपछि मर्कामा परेको स्थानीयहरुको गुनासो छ । ठाउँठाउँमा खानेपानीका पाइप फुटेर दैनिकी सकसपूर्ण हुँदा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयहरुले बताएका छन् ।

साथै बाटोभरी पानी जम्दा दुर्घटनाको जोखिम पनि बढेको छ । अहिले धनगढीको मेनरोड, तारानगर गल्ली र अन्य विभिन्न ठाउँमा खानेपानीका पाइप फुटेका छन् । यसले थप समस्या निम्तिएको स्थानीयले गुनासो गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार