काठमाडौं : चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन, र सशक्तीकरणका लागि ९ वटा समिति गठन गरेको छ। यसमा चलचित्र विकास बोर्डका सदस्यहरूसँगै फिल्मकर्मी, सञ्चारकर्मी, सरकारी अधिकारी तथा सम्बन्धित क्षेत्रका विशेषज्ञहरूलाई समेटिएको छ। समितिहरू विभिन्न क्षेत्रलाई लक्षित गर्दै गठन गरिएको हो।
विशेषगरी महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा अभिनेत्री केकी अधिकारीको संयोजकत्वमा अर्की चर्चित अभिनेत्री स्वस्तिमा खड्का सम्मलाई सदस्यका रुपमा समावेश गरिएको छ । ९ वटा समिति र सदस्यहरुको विवरण यस प्रकार छ ।
छात्रवृत्ति छनोट सिफारिस समिति
-
- संयोजक: रविचन्द्र अधिकारी
- सदस्यहरू: प्रा. डा. ध्रुव कार्की, पत्रकार रघुनाथ सापकोटा, फिल्म निर्देशक दीपा पाण्डे
- बक्स अफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति
- संयोजक: खेतुलाल बिसी
- सदस्यहरू:
- चलचित्र संघका महासचिव सुरेन्द्रकुमार थापा
- निर्माता संघका प्रतिनिधि
- आन्तरिक राजस्व विभागकी पवित्रा बन्जाडे
- गृह मन्त्रालयका प्रतिनिधि
- आमन्त्रित सदस्य: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका इन्जिनियर
- चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन समिति
- संयोजक: बोर्ड सदस्य अधिकारी
- सदस्यहरू:
- पर्यटन बोर्डका रोहिणीप्रसाद खनाल
- परराष्ट्र मन्त्रालयका पूरक अधिकारी
- चलचित्रकर्मी सन्तोष लोहनी र केवल तामाङ
- पत्रकार विष्णु शर्मा
- आर्थिक सहयोग सिफारिस समिति
- संयोजक: बोर्ड सदस्य बिसी
- सदस्यहरू:
- बोर्ड सदस्य सचिव राजेशकुमार थापा
- प्रभाकर भट्टराई
- महिला चलचित्रकर्मी सशक्तीकरण समिति
- संयोजक: केकी अधिकारी
- सदस्यहरू:
- स्वस्तिमा खड्का
- नम्रता खरेल
- सरस्वती घिमिरे
- दुर्गा परियार
- कल्पना आचार्य
- पत्रकार गीता अधिकारी
- आदिवासी जनजाति मातृभाषी प्रवर्द्धन समिति
- संयोजक: सुनिल मानन्धर
- सहसंयोजक: खेतुलाल बिसी
- सदस्यहरू:
- रोहित रुम्बा
- जसु गुरुङ
- सोनु थारु
- कुमार मोक्तान
- अप्सरा समाल
- चलचित्र प्रदर्शन अनुगमन समिति
- संयोजक: राजु खत्री क्षेत्री
- सदस्यहरू:
- केन्द्रीय चलचित्र जाँच समितिका सदस्य
- गृह मन्त्रालयका प्रतिनिधि
- सञ्चार मन्त्रालयका दिनेश खनाल
- स्टोरी बैंक मूल्यांकन तथा छनोट समिति
- संयोजक: खेतुलाल बिसी
- सदस्यहरू:
- शिव ढकाल
- जगदीश्वर थापा
- मोफसलका चलचित्र मूल्यांकन तथा छनोट समिति
- संयोजक: खेतुलाल बिसी
- सदस्यहरू:
- किशोर साम्बाम्फे
- सुचित्रा श्रेष्ठ
- नहकुल खड्का
प्रतिक्रिया दनुहोस्