गोदावरीमा टोल टोलमै पुगेर कुकुरलाई रेबिज विरुद्धको खोप लगाइने

धनगढी : कैलालीको गोदावरी नगरपालिका – १० मा टोल टोलमै पुगेर कुकुरलाई रेबिज विरुद्धको खोप लगाइने भएको छ । वडा नम्बर १० ले एक सूचना जारी गरी वडाका ४ ठाउँमा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउने भएको हो ।

२१ गते देखि २४ गते सम्म सञ्चालन हुने खोप कार्यक्रम वडाको सितापुर पिपल चौराहा, शंकर आवि भवन शिवरामपुर, खोप केन्द्र दमौरा र वडा नम्बर १० को कार्यालयमा सञ्चालन गरिने वडा अध्यक्ष रवीन्द्र शाहीद्धारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा खोप सञ्चालन हुने स्थानमा आ आफ्ना कुकुर ल्याएर उपस्थित हुन स्थानीयलाई आग्रह गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार