स्वास्थ्यमा समस्या आएर दिल्ली पुगाइएका धनगढीका मेयर हमालको अवस्था के छ ?

धनगढी : स्वास्थ्य समस्या आएर भारतको नयाँ दिल्ली साकेतस्थित म्याक्स अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई सघन उपचार कक्ष (आइसियु) बाट निकालेर प्राइभेट वार्डमा सारिने भएको छ।

उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि बिहीबार आइसियुबाट प्राइभेट वार्डमा सार्ने नगर प्रमुखको सचिवालयले जनाएको छ। शुक्रबारदेखि स्वास्थ्य समस्या भएका हमालको न्युरेइन्टेन्सिभ केयर आइसियु र स्ट्रोक युनिटमा राखेर उपचार भइरहेको छ।

स्वास्थ्यमा सुधार भइरहेका हमाललाई वार्डमा सारे पनि चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गरिने जनाइएको छ।

चिकित्सकले उनलाई पूर्ण आराम गर्न सल्लाह दिएको नगर प्रमुख हमालको निजी सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार उनलाई अझै केही समय चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने भएकाले परिवारका सीमित सदस्यबाहेक केही दिनसम्म अरूलाई भेट गर्न प्रतिबन्ध लगाइएको छ।

स्वास्थ्य समस्या भएपछि सुरुमा धनगढीस्थित माया मेट्रो अस्पताल भर्ना गरिएकोमा नगर प्रमुख हमाललाई मस्तिष्क घातको समस्या भएको चिकित्सकले बताएपछि थप उपचारका लागि दिल्लीतर्फ लगिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार