जाजरकोटमा भएको बोलेरो दुर्घटनामा चार जनाको मृत्यु

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका–३ कटकेमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बोलेरो गाडी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको हो ।

गएराति कालिमाटी बजारबाट कैना हुँदै कटके जाँदै गरेको नम्बर नखुलेको गाडी बिराखोलामा झरेको प्रहरीको भनाइ छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

दुर्घटनामा चालक इन्द्रजित थापासहित शारदा थापा, शिला पुन र लक्ष्मी पुनको मृत्यु भएको र अन्य दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटाका डिउटी अफिसरले बताएका छन् । दुर्घटनाको थप भने विवरण आउन बाँकी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार