धनगढी : कैलालीबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको मिति २०८० श्रावण ३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २६ दिन कैद सजाय र २ हजार जरिवाना तोकेपछि फरार रहेका जानकी गाउँपालिका–४ बस्ने २७ वर्षीय गोबिन्द मगर पक्राउ परेका हुन्।
मगरलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्