रविको पक्षमा उभिएर प्रचण्ड भन्छन्- सरकारको व्यवहार निरंकुश, अमानवीय र प्रतिशोधपूर्ण

काठमाडौं : नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेमाथि सरकारले गरेको व्यवहारको निन्दा गरेका छन्। 

सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। 

धनगढी सूचना

‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु,’ प्रचण्डले लेखेका छन्। 

केही दिनअघि सहारा चितवन सहकारी ठगीमा लामिछानेको बयान सकेर राति नै पोखरा लगिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको थियो। त्यस क्रममा रविमाथि अमानवीय व्यवहार गरिएको र उनको मानव अधिकारको समेत हनन् भएको रास्वपाको भनाइ थियो। 

रविपत्नी निकिताले यस विषयमा मानव अधिकार आयोगमा निवेदन दिएकी छन्। प्रहरीले भने रविलाई उनकै सुरक्षाका लागि राति नै चितवनबाट पोखरा लैजानुपरेको बताएको छ।

रविलाई चितवन लगेपछि रास्वपाका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय घेराउ गरेका थिए। त्यसक्रममा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप पनि भएको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार