बसको ठक्करबाट १३ वर्षीया एक किशोरीको मृत्यु

धनगढी : कैलालीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–८ मसुरियामा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट नगरबहादुर विककी छोरी १३ वर्षीया हरिना विकको मृत्यु भएको हो।

उनलाई बोटा क्रस गर्ने समयमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको सो बसले गौरीगंगा नगरपालिका–९ रजियाकी हरिनालाई मंगलबार बिहान ६ः२० बजेको समयमा ठक्कर दिएको थियो। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

Seti Hospital

बस चालक घोडाघोडी नगरपालिका–१ का राजेश चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार