भासु भिरबाट खस्यो मिनी ट्रक

धनगढी : कैलालीमा ट्रक दुर्घटना भएको छ। शनिबार बिहान पौने ५ बजे कैलालीको चुरे गाउँपालिका–५ भासु भिरबाट सु.प्र ००१ ख २५७६ नम्बरको मिनी ट्रक खसेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्रक भीरबाट करिब ७ सय मिटर तल खसेको अवस्थामा फेला परेको छ। ट्रक कहाँ जाँदै थियो भन्ने खुलेको छैन भने त्यसमा को–को सवार थिए भन्ने पनि नखुलेको प्रहरीले जनाएको छ।

ट्रक खसेको अवस्थामा भेटिएको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए। दुर्घटनाबारे बुझ्ने काम भइरहेको कैलाली प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार