समाचार प्रभाव: खुला भए धनगढीका फुठपाथ, जथाभावी पार्किङ्ग गरे अब नगरप्रहरीले उठाउने 

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिकाले जथाभावी पार्किङ्ग गरिएका सवारीसाधन धमाधाम उठाउन थालेको छ ।

जथाभावी पार्किङ्ग गरिएका सवारीसाधन र त्यसले नागरिकमा पारेको प्रभावका विषयमा कल २४ न्युजले समाचार छापेपछि उपमहानगरपालिका एक्सनमा उत्रिएको हो ।

धनगढी सूचना

हाल नगरप्रहरीले धनगढीका फुटपाथ तथा पार्किङ्ग निषेधित क्षेत्रमा पार्किङ्ग गरेर राखिएका सवारी साधन उठाउन सुरु गरेको छ ।

जथाभावी पार्किङ्गको समस्या समाधानका लागि अहिले नगरप्रहरीको टोलि दिनभर शहरक्षेत्रमा घुमिरहन्छ । जहाँ नियम मिचेर सवारी साधन पार्किङ्ग गरिएका हुन्छन, ति सवारीसाधन नगरप्रहरीले उठाउँछ र ट्राफिक प्रहरीको जिम्मा लगाउँछ ।

अहिले नगरप्रहरीले फुटपाथ र सर्भिस लेनमा राखिएका सवारी साधन हटाउने काम सुरु गरेको नगर प्रहरी नायब निरीक्षक पदम बहादुर गैरेले बताएका छन् । ‘अहिले हामीले सर्भिस लेन र फुटपाथमा राखिएका सवारी साधन हटाउने काम गरिरहेका छौं’, उनले भने, ‘यसरि उठाएका सवारी साधन ट्राफिक कार्यालय त्रिनगर भन्सार कार्यालय पुर्याउने गरेका छौँ ।’

गैरेका अनुसार नगरप्रहरीले सुरुमा जथाभावी पार्किङ्ग गरिएका सवारी साधनका धनीलाई बोलाउने गर्छ । नबुझेका वा थाहा नभएकालाई पहिलोपटकका लागि सम्झाउने र छोड्ने गरेको छ । तर बोलाउँदा पनि सवारी धनि न आएका सवारी साधन भने उठाएर आवश्यक कारवाहीका लागि ट्राफिक प्रहरीको जिम्मा लगाउने गरेको छ ।

जथाभावी पार्किङ्गको समस्या समाधानका लागि धनगढी उपमहानगरपालिकाले खेलेको भूमिका स्वागतयोग्य भएको स्थानीयले बताएका छन् । यो पहलले निरन्तरता पाए धनगढीको मुख्य समस्या बनेको जथाभावी पार्किङ्गको समस्या छिट्टै समाधान हुनेमा विश्वास गरिएको छ ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार