धनगढीका फुठपाथमा जथाभावी पार्किङ्ग, हिँडडुल गर्नै समस्या (फोटो फिचर) 

भक्तराज जोशी

धनगढी ।  धनगढीमा जथाभावी पार्किङ्गको समस्या व्याप्त बनेको छ । सडक चौडा र व्यवस्थित फुटपाथ बन्दै जाँदा जथाभावी पार्किङ्गको समस्या पनि बढ्दै गएको हो । 

हाल  धनगढीको ६ लेन सडक र चौराहा-क्याम्पस रोड मुख्य सडकमा जथाभावी पार्किङ्ग गर्नेहरु बढेका छन् ।

धनगढी सूचना

यतिसम्म कि पैदलयात्रीको सहजताका लागि भन्दै निर्माण गरिएको फुठपाथ अहिले धेरैका लागि साइकल र मोटसाइकल पार्क गर्ने पार्किङ्गस्थल बनेको छ । अझ अलि ठुलो र खाली ठाउँ पाए अटोरिक्सासमेत पार्किङ्ग गरिएका देख्न सकिन्छन ।

पैदलयात्रीलाई हिड्नका लागि बनाइएको फुठपाथमा जथाभावी पार्किङ्ग गरिँदा हिँडडुल गर्नै मुस्किल परेको पैदलयात्रीहरुले गुनासो गरेका छन् ।  

यता ६ लेन र मुख्य सडकमा जथाभावी पार्किङ्ग गरिँदा पनि न स्थानीय तहले त्यसतर्फ ध्यान दिएको छ, न ट्राफिक प्रहरीले चासो देखाएको छ । आँखै अगाडि नियम कानुनको धज्जी उडाउनेगरि जथाभावी पार्किङ्ग गरिँदा पनिसम्बन्धित निकाय मौन बस्नुले समस्या समाधान हुनुको साटो समस्या झन् बढ्ने खतरा बढेको छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्: 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार