महिलालाई स्वरोजगार बनाउन धनगढीमा ‘शनिवारे’ मेला लाग्ने

धनगढी : कैलालीको धनगढीमा महिलालाई स्वरोजगार बनाउन ‘शनिवारे’ मेला लाग्ने भएको छ। धनगढी उपमहानगरपालिकाले आगामी मंसिर १ गतेबाट प्रत्येक शनिवार महिला लक्षित मेलाको आयोजना गर्ने भएको छ।

धनगढी उपमहानगरपालिका–१ पार्क अगाडी शनिवार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मेला लाग्ने भएको हो। यसका लागि ३५ वटा स्टल तयार गरिन लागेको छ। खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायत व्यवस्थासमेत गरिन लागेको उपमहानगरपालिकाले जनाएको छ।

धनगढी सूचना

धनगढीमा स्थायी बसोबास गर्दै आएका महिलाहरूले आफ्नो सीप अनुसारका सामाग्री तथा बस्तु बिक्रीवितरण गर्न मेलाको आयोजना गरिन लागिएको नगरप्रमुख गोपाल हमालले बताए। उनले भने, ‘धनगढी उपमहानगरपालिकाले विशेष गरेर महिलालाई लक्षित गरेर, महिलालाई स्वरोजगार बनाउने लक्ष्यसहित शनिबारे महिला उद्यम बजारको व्यवस्था गर्दैछौ।

यो बजारमा तपाइले जानेका परम्परागत खानाहरू, सीपहरू, तपाइले उत्पादन गरेका बस्तुको बिक्रीवितरण गर्ने, विभिन्न संघ/संस्थाले दिएका तालिमबाट सीप पाएका महिलाहरूका लागि यो बजार हो। सीप भएका महिलालाई घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्दैछौ।’

महिलाहरूले तयार पारेका अचार, ढकिया, माछा, पकौडी लगायत बस्तु बिक्री गर्न पाउनेछन्। व्यवसाय सञ्चालन गर्दै आएका महिलालाई भने शनिबारको बजारमा स्थान दिइने छैन। घरमा बस्दै आएका र सीप भएका महिलाहरूलाई निःशुल्क अवसर दिने उपमहानगरले जनाएको छ।

नगर प्रमुख हमालले महिलालाई उद्यमी बनाउने उद्देश्यले शनिबारे बजार सञ्चालनको तयारी गरेको बताए। यसका लागि परिचयपत्र बनाउनुपर्ने छ। अहिले धनगढीका महिलालाई प्राथमिकता दिने र विस्तारै अन्य पालिकाका महिलालाई पनि अवसर दिने नगरप्रमुख हमालले बताए। 

युवाका लागि रात्रिकालीन बजार
उपमहानगरपालिकाले युवा लक्षित रात्रिकालीन बजार समेत सञ्चालन गर्ने भएको छ। धनगढीमा अध्ययनका लागि बसोबास गर्दै आएका युवाहरूका लागि साँझ ६ देखि राति १० बजेसम्म बजार सञ्चालन गर्न तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ। पहिलो चरणमा महिला र दोस्रो चरणमा युवा लक्षित बजार सञ्चालन हुने नगरप्रमुख हमालले बताए।

धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा भएको पढ्दै कमाउदै कार्यक्रमको कार्यान्वयन गर्ने तयारी भइरहेको छ। युवाहरूले रातिको समयमा व्यापार गर्ने र दिउँसोको समयमा कलेजमा अध्ययन गर्न जाने योजना अनुसार काम थालिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार