नेपाल तरुण दलले गरे टीकापुरमा ४० पिन्ट रगत संकलन

धनगढी : टीकापुर अस्पतालमा उपचाररत बिरामीहरुका लागि रगतको अभाव देखिएपछि नेपाल तरुण दल क्षेत्र नं. १ कैलालीले आज रक्तदान कार्यक्रम गरेको छ । नेपाली काँग्रेसको युवा संगठन तरुण दलले पार्टी कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको हो ।

‘रक्तदान जिवनदान’ भन्ने मूल नाराका साथ टीकापुर अस्पतालमा केही दिन यता देखिएको रगतको अभावलाई कम गर्न तरुण दलले रक्तदान कार्यक्रम आयोजना गरेको क्षेत्रीय अध्यक्ष कल्पेश कुँवरले जानकारी दिए ।

Seti Hospital

झण्डै चार महिना अघि समेत रक्तदान कार्यक्रम आयोजना गरेको तरुण दलले रगतको अभावमा कुनै पनि बिरामीले उपचारमा समस्या भोग्न नपरोस् भन्नका लागि कार्यक्रम आयोजना गरेको अध्यक्ष कुँवरले जानकारी दिए । रक्तदान कार्यक्रममा तरुण दल, नेपाल विद्यार्थी संघ, पार्टीका नेता तथा कार्यकर्ताहरुले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्धारा सञ्चालित रक्त सञ्चार केन्द्रमा दैनिक ३० पिन्टसम्म रगतको माग हुँदै आएको छ । अस्पतालमा उपचाररत आउने बिरामी, अप्रेसन गर्नुपर्ने बिरामी तथा थारु समुदायमा देखिएको सिकलसेल एनिमियाका बिरामीहरुलाई रगत अभाव हुँदै आएको छ ।

रेडक्रस टीकापुरका सभापति दत्तबहादुर विष्टले रगतको अभाव कम गर्न अन्य विभिन्न संघ संस्थाहरुलाई रक्तदान कार्यक्रम राखेर सहयोग गर्न आग्रह गरेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार