दुई लाख बढी रकमसहित ८ जना जुवाडे पक्राउ

दार्चुला : दार्चुलामा दुई लाख रुपैयाँभन्दा बढी रकमसहित ८ जना जुवाडे पक्राउ परेका छन् ।

आइतबार साँझ मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका २५ वर्षीय किसन सिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार उनीहरुको साथबाट दुई लाख ३२ हजार ३७० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार