आजदेखि सुदूरपश्चिमको प्रसिद्ध ‘चौलेलो’ बडाल जाँत यहाँ सुरु हुँदै !

डडेल्धुरा : सुदूरपश्चिमको प्रसिद्ध ‘चौलेलो’बडाल जाँत आजदेखि यहाँ सुरु हुँदै छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कार्तिक शुक्ल दशमीको दिन आज राति रतेडी र दोस्रो दिन भोलि दिउसेडी कार्यक्रम हुने गरेको छ ।

शुक्ल नवमीका राति पूजा गरी जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ । दाइन, दमाहा, रुइसिङ्ग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ । लाटा गन्याप देवताको भक्तिस्वरूप बनाइने जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेल्ने गरिन्छ ।

मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ‘देउताको प्रतीक’ ल्याउने चलन रहेको छ । कुजाकोट, रुमायल, बडाल, थप्सालगायतका स्थानबाट देवरो आउने गरेको भए पनि मूल देवरो भने मालीगाउँबाट ल्याउने चलन रहेको छ ।

ढाल तरबार खेलाई नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ । यस मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुने गर्छ । मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्रीका साथै कृषि उपजको व्यापारसमेत हुने गरेको छ ।

जाँतमा भोलि २७ गते पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँदले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार