बाख्रा चोरी गरेको भन्दै कैलालीका एक युवकको ह*त्या

धनगढी : कैलालीमा बाख्रा चोरी गरेको भन्दै एक युवकको ह*त्या गरिएको छ । प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुलको कुटपिट गरी ह*त्या गरिएको हो ।

भुलमाथि शनिबार राति बाख्रा चोरी गरेको निहुँमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । कुटपिटबाट घाइते भएका भुलको सोमबार धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए ।

प्रहरीले भुलमाथि कुटपिट गर्ने कान्तिपुरका ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरेको छ ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेका उनीहरुमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार