डोटीको सिलगढीमा हात भाँचिएक बालिकाको उपचारको क्रममा मृत्यु, तीन चिकित्सक प्रहरीको नियन्त्रणमा

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका -४ राजपुरमा रहेको सुजङ्ग अस्पतालमा हात भाँचिएकी बालिकाको उपचार गर्ने क्रममा ज्यान गएको छ । उपचारका क्रममा लापरवाही गरेको आरोपमा प्रहरीले तीन जना चिकित्सलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले उपलब्ध गराएको सूचनाअनुसार दिपायल सिलगढी नगरपालिका –३ दिपायलका लोकेन्द्र भुलकी नौं वर्षीया छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिई उपचारका लागि सुजङ्ग अस्पतालमा भर्ना गरिएकोमा बुधवार साँझ अप्रेसन गर्ने क्रममा औषधीको रियाक्सनले मृत्यु भएको हो । 

Tihar shuvakamana
Discovery School

अप्रेसन थिएटरमा राखेर बेहोस बनाउने क्रममा औषधीको रियाक्नले बालिकाको ज्यान गएको बताइएको छ । उपचारका क्रममा चरम लापरवाही भएको आरोपमा अस्पतालमा कार्यरत चिकित्सकहरु डा.राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अबिशेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपचारका क्रममा बालिकाको ज्यान गएको सुजङ्ग अस्पतालका प्रमुख अर्जुन बलायरले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

71%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

29%

आक्रोशित

सम्बन्धित समाचार