चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुने

धनगढी : सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुने भएको छ ।

सोमबार धनगढीमा निर्देशक पन्तले पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल र भारतका लोकप्रिय कलाकारहरूले अभिनय गरेको फरक कथावस्तुका साथ चलचित्र ह्रस्व दीर्घ प्रदर्शनमा आउन लागेको बताए ।

धनगढी सूचना

ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको चलचित्र नेपाल र भारत लगायत विभिन्न देशमा नेपाली,हिन्दी र अन्य भाषामा पनि प्रदर्शन हुने निर्देशक पन्तले जानकारी गराएका हुन् ।

अभिनेता तथा नेपाली चलचित्र इतिहासमै फरक कथावस्तु समेटेर तयार गरिएको चलचित्रले नेपाली समाजको वास्तविकता झल्काउने निर्देशक पन्तको भनाई छ ।

अभिनेत्री विपना थापा पनि लामो समयपछि यही फिल्ममार्फत् फेरि देखिँदैछन् । चन्द्र पन्तको निर्देशन रहेको यस चलचित्रमा हरिहर र नीतासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्रकार, सरोज खनाललगायतको अभिनय छ ।

विश्वकै ठूलो मनिएको भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौँमा चलचित्रको छायाङ्कन गरिएको छ ।

अभिनेता हरिरहरद्वारा लिखित कथामा आधारित यो फिल्ममा बलिउड छायाँकार कवीरलालको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ ।

यो फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्देशक पन्तले थुर्पै नेपाली चलचित्र सहित दर्जनौँ भोजपुरी चलचित्रहरू निर्देशन गरिसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार