इतिहासमा सबैभन्दा धेरै लगानीमा बनेको गीतको भिडियो सार्वजनिक

काठमाडौँ : नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा धेरै लगानीमा बनेको गीतको भिडियो सार्वजनिक भएको छ।

ल स्टुडियो इन्टरटेनमेन्ट युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता विशाल खरेलको हिपप डान्स देख्न सकिन्छ।

Seti Hospital

दसैअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’ ६० लाख बढी लगानीमा बनेको निर्देशक सञ्जय न्यौपानेले बताए। गीतले नेपाली म्युजिक भिडियोलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने उनको दाबी छ।

गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र डिवी यो म्याजेस्टीकाे शब्द तथा संगीत छ। ममता गुरुङसहित गीतमा बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर छ।

सौरभ लामाले छायांकन गरेको गीतको भिडियो कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन्। भिडियो लोकेन्द्र सुब्बाले सम्पादन गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार