प्रत्येक बर्ष मनाइने चतुर्दशी दसैं कैलालीको लिक्मामा भब्यरुपमा मनाईयो

धनगढी । चतुर्दशी दसैं हिजो गौरीगंगा नगरपालिका–८, लिक्मामा सुदूरपश्चिमको खुसी, समृद्धि र प्रगतिको कामनाको संकल्प गर्दै चतुर्दशी दसैं मनाइएको छ ।
दुर्गा भवानीको पूजाआजा गरी राँगो बलि दिएर सुदूरपश्चिमको खुसी, समृद्धि र प्रगतिको कामनाको संकल्प गर्दै चतुर्दशी दसैं मनाइएको हो। राँगालाई महिषासुरको प्रतीक मानेर गाउँघरमा डुलाई पूजा आजा गराएर चतुर्दशीका दिन बेलुकी घाम अस्ताउने बेलामा दुर्गा भवानीलाई खुसी पार्न बलि दिने गर्छन्। बलि दिँदा ब्राह्मणद्वारा संकल्प बोलेर सुदूरपश्चिमबासीको खुसी, समृद्धि र प्रगतिको कामना गर्ने गरिन्छ।

राँगो बलि दिनुअघि दसैँको दोस्रो दिनदेखि नै राँगोलाई स्थानीयको घरघरमा लगेर पूजाआजा गराउने र चतुर्दशीका दिन परम्परागत भोस्सो ९एक प्रकारको संस्कृति(कवाज )दमाहाको तालमा नाङ्गो तरवाल नचाउँदै एक आपसमा बहादुरीको लयमा खेलिने खेलखेल्ने गरिन्छ।

Seti Hospital

चतुर्दशी दसैंमा डेउडाको रमाइलोसँगै आफन्त तथा इष्टमित्रसँग भेटघाट हुने अवसर प्राप्त हुने गरेको बताउँदै गौरी गंगा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष विष्णु भाटले भने,चतुर्दशी दसैं सुदूरपश्चिमको एक मौलिक र सांस्कृतिक पर्व पनि हो, जहाँ सुदूरपश्चिमबासीको प्रगतिको कामना गर्दै संकल्प पनि बोलिन्छ। राँगो बलि दिइएपछि चतुर्दशी दसैंमा रातभर डेउडा खेल्ने गरिएको उनले बताए । राँगाको बलि दिइसकेपछि यहाँ महिला र पुरुषको दोहोरो डेउडा हुने गर्दछ,’ उनले भने, आफन्त र इष्टमित्र मिलेर पनि छुट्टछुट्टै समूह बनाई डेउडा खेल्ने गर्दछन्।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार