बडादसैँको शुभकामना दिँदै : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्  ।

‘दसैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत गरेको छ । दसैँको पूर्वसन्ध्यामा मनसुनी प्रभावका कारण देशभर बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनाएको तथा ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई घरबारविहीन बनाएको अवस्था भएकोले सुरक्षित र सावधानीपूर्वक यात्रा गरी दसैँ मनाउन अनुरोध गर्दछु’, उनले सन्देशमा भनेका छन् । 

dashain shuvakamana
Discovery School

‘असत्यमाथि सत्यको विजय’ दसैँको सबैभन्दा ठूलो सन्देश भएको बताउँदै उनले देवी दुर्गाप्रति आस्था अभिवृद्धिसँगै परिवार र समुदायबीचको सम्बन्धलाई बलियो बनाउन यसले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेको सन्देशमा उल्लेख गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार