बैतडीमा जिप दुर्घटना हुदा चार जना घाइते

बैतडीः बैतडीमा जिप दुर्घटना हुदा चार जना घाइते भएका छन्।

जिल्लाको सुर्नया गाउँपालिका–६ स्थित मुस्याखान शंकरपुर सडकखण्डमा पर्ने खर्काधार भन्ने स्थानमा म १ ज १८६ नम्बरको जिप दुर्घटना हुदा चार जना घाइते भएका छन्।

dashain shuvakamana
Discovery School

घाइने हुनेमा सुर्नया गाउँपालिका–४ का ३२ वर्षीय बिरसिंह महरा, २० वर्षीय नविनसिंह महरा, २८ वर्षीय मानसिंह महरा र सुर्नया–६ का २० वर्षीय बसन्त कुवँर रहेका छन्। घाइतेमध्ये ३२ वर्षीय बिरसिंह महरा र २० वर्षीय बसन्त कुवँरको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

उनिहरुलाई उपचारको लागि डडेल्धुरा लगिएको छ। अन्य दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। चालक २२ वर्षीया प्रकाश कुवरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। चालकले जिपलाई रोकेर पसलतिर गएको र सोही अवस्थामा जिप आफै अघि बढेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार