तीन वटा विद्युत पोलमा क्षति भएपछि पूर्वी पहाडमा रहेका विद्युत आयोजना बन्द

काठमाडौँ : असोज १० देखि १२ गतेसम्म परेको वर्षे बाढीका कारण काबेली कोरिडोरको तीन वटा विद्युत पोलमा क्षति भएपछि पूर्वी पहाडमा रहेका विद्युत आयोजना बन्द भएका छन् । 

इलामको महमाईमा माई खोलाको कटानका कारण काबेली कोरिडोरका विद्युत पोल ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित विद्युत आयोजना बन्द भएका हुन् । पुरानो १३३ केभी प्रसारण लाइनलाई मर्मत गरेर विद्युत सेवा सञ्चालन गरिएको छ । यसका लागि इलाममा रहेको पुवाखोला जलविद्युत आयोजना मात्र सञ्चालन गरिएको विद्युत प्राधिकरण इलामका प्रमुख बिजलीप्रसाद यादवले बताउनुभयो । 

dashain shuvakamana
Discovery School

काबेली कोरिडोरको विद्युत पोलमा क्षति भएपछि इलाममा रहेका १६ वटा, पाँचथरमा रहेका दुई र ताप्लेजुङमा रहेका सात विद्युत आयोजनाको विद्युत उत्पादन ठप्प भएको छ । यी तीन जिल्लामा करिब २५० मेगावाट विद्युत उत्पादन भइरहेको थियो । विद्युत उत्पादन ठप्प हुँदा त्यसबाट आयोजनाले पनि करोडौंको क्षति व्यहोर्नु परेको आयोजनाका प्रतिनिधिले जनाएका छन् । 

‘अहिले प्रतिमेगावाट एक लाख १५ हजार रुपियाँ क्षति भएको छ’ आयोजनाका एक कर्मचारीले भन्नुभयो, ‘विपद्ले ओजनाको काममा ठूलो आर्थिक क्षति गरेको छ ।’ काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति गरेको दुहवी ग्रीडका प्रमुख रोशन खड्काले बताउनुभयो । 

खड्काका अनुसार बाढीले ५१ र ५२ नम्बर टावरमा पूर्ण क्षति गरेको छ । त्यस्तै, ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ । ‘क्षति त धेरै ठूलो छ । यसलाई निर्माण कहिलेसम्म गर्न सकिन्छ भन्ने समय पनि यकिन गर्न सकिंदैन, तर हामीले चाँडोभन्दा चाँडो गरेर निर्माणको काममा लाग्ने छौं’ खड्काले भन्नुभयो, ‘पोलमा भएको क्षतिबाट तीन जिल्लाका सबै आयोजना बन्द छन् । यसबाट कति आर्थिक क्षति भयो भन्ने त हिसाब नै गर्नुपर्ने अवस्था छ ।’ 

तत्कालका लागि भने पुरानो अर्थात १३३ केभी प्रसारण लाइनलाई सञ्चालनमा ल्याएर सबै जिल्लामा पुगाएको खड्काले जानकारी दिनुभयो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार