आइसिसी ट्वान्टी-२० : वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा क्रिकेटर दीपेन्द्र

काठमाडौँ : नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसिसी ट्वान्टी-२० वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार जारी गरेको नयाँ वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गरे।

दीपेन्द्रभन्दा अगाडि इङ्ल्यान्डका लियम लिभिङ्गस्टोन मात्र छन्। दीपेन्द्र २३० को रेटिङमा रहँदा लिविगंस्टोनको २५३ छ। अलराउन्डतर्फ नै गुलशन झाको ११ स्थान सुधार हुँदा कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६०औं स्थानमा छन्। यसैगरी कप्तान रोहितकुमार पौडे यथा स्थानमा छन्।

SHIKHAR COOL TECH

रोहित र गुल्सन ५३, कुशल मल्ल ४० र कुशल भुर्तेल ६०औं स्थानमा छन्। ब्याटिङतर्फको वरितमा पनि दीपेन्द्र दुई स्थान सुधार गर्दै ४३औं स्थानमा छन्। रोहित एक र आसिफ शेख दुई स्थान खस्किएका छन्। उनीहरू क्रमशः ६१ र ७०औं स्थानमा छन्।

यसैगरी कुशल मल्ल एक स्थान सुधार गर्दै १००औं वरीयतामा छन्। बलिङतर्फ पनि दीपेन्द्र २३ स्थान सुधार गर्दै ७०औं स्थानमा उक्लिएका छन्। सोमपाल कामी एक स्थान खस्किदै ९१औं स्थानमा पुगेका छन्। ट्वान्टी २० टिम वरीयतामा भने नेपाल १७औं स्थानमा कायमै रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार