१ वर्ष नबित्दै बिग्रिए ६ लेन सडकका झिलिमिली लाइट (फोटो फिचर) 

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिकाले मोहना-अत्तरिया ६ लेन सडकमा जडान गरेका स्ट्रिट लाइट बिग्रिँदै गएका छन् । 

उपमहानगरपालिकाले शहर सुन्दर बनाउने भन्दै ३१ लाख रुपैयाँ खर्चेर जडान गरेका स्ट्रिट र रोप लाइट जडान गरिएको एक वर्ष पनि नबित्दै बिग्रिन थालेका हुन् । अहिले मोहना-अत्तरिया ६ लेन सडकमा अधिकांश पोल र ट्रिगार्डमा जडान गरिएका लाइट नबल्ने भएका छन् । 

dashain shuvakamana
Discovery School

यसअघि उपमहानगरपालिकाले ६ लेन सडक अन्तर्गत २ सय ५६ वटा पोल र १ सय ४० वटा ट्रिगार्डमा स्ट्रिट र रोप लाइट जडान गरेको थियो । 

तर बडो तामझामका साथ जडान गरिएका उक्त लाइन जडान भएको एक वर्ष पनि नबित्दै बिग्रिन थालेका छन् । अहिले धेरैजसो पोलमा जडान गरिएका लाइट नै बल्दैनन् । 

तर लाइट बिग्रिएको थुप्रै दिन बितिसक्दा पनि उपमहानगरपालिकाले त्यसको मर्मत तथा रिप्लेसमा खासै चासो भने देखाएको छैन । कतै लाइट बल्ने, कतै नबल्ने हुँदा सडकको सौन्दर्यतामा असर त गरेको छ नै उपमहानगरपालिकालको कामप्रति पनि प्रश्न उठाएको छ । 

अझ कतिपयले त सामाजिक सञ्जालमा ६ लेन सडकमा जडान गरिएका लाइट कमसल भएकै कारण एक वर्ष पनि नबित्दै बिग्रिएको भन्दै आलोचनासमेत गरेका छन् । यसतर्फ उपमहानगरपालिकाको यथाशीघ्र ध्यान जान जरुरी छ । बिग्रिएका लाइट फोटो फिचरमा हेर्नुहोस्ः 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार