दयाहाङलाई लिएर दीपेन्द्रले सुरु गरे दुःखी आत्मा

काठमाडौं : सञ्चारकर्मी तथा चलचित्र निर्देशक दीपेन्द्र लामाले आफ्नो नयाँ चलचित्र ‘दुखी आत्मा’को सोमबारबाट छायाँकन सुरु भएको छ । चलचित्रको छायाँकन आगामी दशैंसम्म सक्ने लक्ष्य रहेको निर्देशक लामाले बताएका छन् ।

यो चलचित्रको शिर्ष भूमिकामा दयाहाङ राई, अनुपविक्रम शाही, आँचल शर्मा रहेका छन् । यस अघि चलचित्र कार्साङको छायाँकन रहेका दयाहाङ सो चलचित्रको छायाँकन सकेर करिब एक महिनाको तयारपछि दुःखी आत्माको छायाँकनमा उत्रिएका हुन् ।

Dengue

क्लक वर्क कृएसन्सको ब्यानरमा हिमाल कडरिया निर्माता रहेको यो चलचित्रको छायाँकारमा आलोक शुक्ला रहेका छन् । काठमाडौंबाटै चलचित्रको छायाँकन सुरु गरिएको छ ।

यो सामाजिक कथामा निर्माण हुँदै गरेको चलचित्रका अन्य कलाकारमा बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले, शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे,इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायत छन् ।
चलचित्रमा सुशान्त गौतमको संगीत, रामजी लामीछानेको कोरियोग्राफी, सुदीप ढकाल प्रोडक्शन, आरआर फिल्मको वितरण रहेको छ ।

निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि चलचित्र ‘नाँगो गाउँ’ निर्माण गरेका थिए । सो चलचित्र सफल भएपछि यी दुईको दुखी आत्मामा दोश्रो सहकार्य हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार