काठमाडौं : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै गैँडाकोटका स्थानीयले सोमबार सडकमा चक्काजाम गरेका छन् ।
सडक विस्तार तथा मर्मतमा भएको ढिलासुस्तीका कारण यात्रु र स्थानीयले दुःख पाएको र दिनहु हैरानी खेप्न परेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
गैँडाकोट २ पुलचोक नजिक इलाका प्रहरी कार्यालय गैँडाकोट अगाडि स्थानीयले करिब १ घण्टा चक्काजाम गरेका हुन्।
उनीहरुले चाडपर्व नजिकिदाँ समेत सडक मर्मतमा कुनै चासो नदिएको उल्लेख गर्दै टायर बालेर समेत बिरोध गर्दै सडक अवरुद्ध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्