आज नेप्सेका सबै उपसमूहको सूचक घटेको छ

काठमाडौँ : सोमबार सेयर बजार परिसूचक नेप्सेका सबै उपसमूहको सूचक घटेको छ । ५५ अंकले घटेको बजार परिसूचक २६४६ अंकमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब ७२ करोडको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ३७ करोडको कारोबार भएको छ।

आज कारोबार भएकामध्ये १४ कम्पनीको मात्रै मूल्य बढेको छ । २२७ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । आज हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ।

कारोबार रकमका हिसाबले आइतबार सीईडीबी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । यसको ३७ करोड ५ लाखको सेयर खरिदबिक्री भयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार