मोटरसाइकलसहित खहरे खोलाले बगाउँदा दुईजनाको मृत्यु

धनगढी : रुकुम पश्चिममा खहरे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । गएराति मुसिकोट नगरपालिका ६, को रम्मा खोलामा आएको खहरे भेलले बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार मृत्यु हुनेमा मुसिकोट नगरपालिका ४, ठराढुङ्गाका ५२ वर्षीय सर्जन पुन र वडानम्बर ६, कानेवाङ्गकी अन्दाजी ३२ वर्षीया निर्मला केसी थापा रहेका छन् ।

मृतक दुवैजनालाई मोटरसाइकल सहित खहरे खोलाको भेलले बगाएको प्रहरीले बताएको छ ।स्थानीय साँख गाउँबाट घरतर्फ फर्किंदै गर्दा उनीहरुलाई खोलाले बगाएको अनुमान गरिएको छ ।

मृतक महिलाको शव तीन सय मिटर तल र पुरुषको शव २० मिटर तल फेला परेको प्रहरीले बताएको छ । मृतक दुबैजनालाई पोस्ट मार्टमका लागि सल्ले अस्पताल लग्ने तयारी गरिएको छ ।

खोलाले बगाउँदा रा ६ प २९६१ नम्बरको टु-ट्वान्टी पल्सर बाइक पूर्ण रुपमा क्षति भएको छ । उक्त मोटरसाइकल मृतक महिलाले चलाएको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार