पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुन्छ  गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताए । प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको बिहीबार महेन्द्रनगरमा पत्रकार सम्ममेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिने जानकारी दिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्त २०७५ साउन ११ मा घरबाट गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी उनी नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् । लामो समय बितिसक्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । त्यसैगर गृहमन्त्री लेखकले पत्रकार सम्मेलनमा कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने जनाएका छन् ।

Dengue

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेकोले दुई,तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्नेजिकिर गरेका छन् । तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुईवटा प्रहरीका भवन उद्घाटन गरेका थिए । त्यसैगरी, उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार