बझाङको जयपृथ्वी राजमार्ग अबरुद्ध

बझाङ : बझाङको जयपृथ्वी राजमार्ग अबरुद्ध भएको छ । आज बिहान साढे सात बजेतिर तमैल बजार नजिकै सुख्खा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो ।

राजमार्ग अबरुद्धका कारण जिल्ला बाट छुट्ने र जिल्ला भित्रिनी लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन भने यात्रुहरु अलपत्र परेका छन् ।

Dengue

लगातार पहिरो खसिरहेका रहेका कारण सडक खुलाउन पनि समस्या भएको बस व्यावसायी जोग बहादुर दौल्यालले जानकारी दिनु भयो । बिहान बझाङ बाट धनगढी, काठमाण्डौ, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बसहरू पार भएको र केही बसहरू थन्किएको दौल्यालले बताउनु भयो । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार