आजबाट ‘एन्फा महिला लिग’ दोस्रो चरणका खेलहरू सुरु हुँदै

काठमाडौं : एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ‘एन्फा महिला लिग’मा आजबाट दोस्रो चरणका खेलहरू सुरु हुँदैछन्। आज दोस्रो चरणमा पहिलो दुई खेल हुँदैछन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा बागमती युथ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा वालिङ र कर्णाली भिड्ने छन्। बागमती र कोशीबीचको खेल दिउँसो १२:३० मा सुरु हुनेछ।

Galaxy

यसअघि पहिलो चरणको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। कोशीले भने वालिङ नगरपालिकालाई पराजित गरेको थियो। दुवै टोलीलगातार दोस्रो जितको लक्ष्यमा रहने छन्।

दोस्रो खेल वालिङ र कर्णालीबीच ४:१५ बजे सुरु हुनेछ। पहिलो चरणमा कोशी प्रदेशसँग पराजित वालिङ पहिलो जितको खोजिमा रहँदा चन्द्रपुर नगरपालिकासँग बराबरीमा रोकिएको कर्णाली पहिलो जितको प्रयासमा मैदान उत्रिने छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना जारी प्रतियोगितामा १० टोलीले राउन्ड रोविनका आधार एक-अर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार