धनगढी । कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१२ शिमलघाट नजिकबाट भारत लखिमपुर खीरी, सुडा बस्ने ४५ वर्षीय छोटेलाल राना पक्राउ परेका हुन्।
रानालाई ३ ग्राम ३७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ गरिएको हो । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै गोदावरी नगरपालिका–८ बाट सोही ठाउँ बस्ने २६ वर्षीय सुरेन्द्र चौधरी पक्राउ परेका छन्। उनलाई ४ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्