कञ्चनपुरमा माछा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्य

  धनगढी : कञ्चनपुरमा दुई बालबालिकाको पानीमा डुबेर मृत्य भएको छ । शुक्लाफाँटा नगरपालिका–४ मा माछा पोखरीमा नुहाउने क्रममा सोही ठाउँकी १३ वर्षीया विपना चुनाराको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ ।

सोही पोखरीमा डुबेर अर्की बालिका घाइते भएकी छिन् । १३ वर्षीया दिविका सुनारलाई घाइते अवस्थामा उद्दार गरिएको र उनको उपचार भइरहेको प्रहरीले बताएको छ ।

यस्तै, भीमदत्त नगरपालिका–१९ बागँफाटामा वडा कार्यालय पछाडि रहेको पानीको तलावमा डुबेर सोही ठाउँका ५ वर्षीय सुर्जित रानाको मृत्यु भएको छ । रानालाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा बुधबार चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुरमा दुई बालबालिकाको पानीमा डुबेर मृत्य भएको छ । शुक्लाफाँटा नगरपालिका–४ मा माछा पोखरीमा नुहाउने क्रममा सोही ठाउँकी १३ वर्षीया विपना चुनाराको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार