कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल अत्तरियास्थित लोटस आई अङ्ग्रेजी माध्यमिक विद्यालय

धनगढी : कैलालीको अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शुक्रबार प्रकाशित भएको कक्षा १२ को नतिजामा लोटसले ७१ प्रतिशत नतिजा ल्याउन सफल भएको हो ।

लोटसबाट व्यवस्थापन संकायमा मात्रै विद्यार्थीहरुले कक्षा १२ को परिक्षा दिएका थिए । कुल १०६ जना विद्यार्थीहरुले कक्षा १२ को परिक्षामा सहभागिता जनाएकोमा ७५ जना विद्यार्थीहरु उत्तिर्ण भएका छन । जस अन्र्तगत १ जनाले ए प्लस ल्याएका छन भने १८ जना विद्यार्थीहरुले ए ग्रेड ल्याएका छन ।

Dengue

त्यस्तै ३९ जना विद्यार्थीहरु बि प्लस तथा १७ जना विद्यार्थीहरु बि ग्रेड ल्याएर पास भएको विद्यालयका प्रिन्सिपल मान बहादुर ऐरले जानकारी दिए । उनले विद्यार्थीहरुले सोचेभन्दा राम्रो नतिजा ल्याएको बताए । उनले विद्यालयमा व्यवस्थापन मात्रै नभई अन्य विभिन्न संकायहरुमा पनि अध्यापन हुने गरेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार