तेक्वान्दो पदक विजेतालाई सम्मान

काठमाडौं : सातौं एसिया कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई श्री समाज टोखाले सम्मान गरेको छ । टोखा नगरपालिका-५ मा बस्ने पदक विजेता खेलाडीलाई श्री समाजले सम्मान गरेको हो ।

गत असार ८ गते भएको प्रतियोगितामा टोखा वडा ५ मा बस्ने रन्जितबहादुर डगौराले स्वर्ण, रघुनाथ भण्डारीले रजत र आभास देवले कांस्य जितेका थिए । टिम व्यवस्थापक सरिता थापा पनि सम्मानित भइन् ।

Dengue

टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र श्री समाजका अध्यक्ष श्रीकृष्ण प्याकुरेलले पदक विजेतासहित टिम व्यवस्थापकलाई एक कार्यक्रमबीच सम्मान गरेका हुन् । स्वर्ण विजेता डगौराले खेलाडीको सम्मानले आगामी दिनमा पनि खेलकुदको माध्यमबाट राष्ट्रलाई योगदान दिन हरदम प्रयासरत रहने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार