काठमाडौं : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १५ जनाको निधन भएको छ । नेपाल प्रहरीका अनुसार १५ जनाको शव निकालिएको हो ।
जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिष रत्न शाक्यलाई जीवितै उद्धार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो । त्यस्तै उद्धार गरिएका चार जनालाई शिक्षण अस्पताल लगिएको छ ।
शवलाई पनि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्