सौर्य एयरलाइन्सले भन्यो – मर्मतका लागि पोखरा जान लागेको जहाज अचानक क्र्यास भयो !

काठमाडौं : सौर्य एयरलाइन्सले मर्मतका लागि पोखरा जान लागेको जहाज दुर्घटनामा परेको पुष्टि गरेको छ ।

जहाजमा चालकदलका दुईजना सदस्यसँगै १७ जना प्राविधिक रहेको एयरलाइन्स उपमहाप्रबन्धक कर्मचारी उमेश आचार्यले बताए ।  

Dengue

‘जहाज मर्मतका लागि पोखरा जाँदै थियो । त्यहाँ चालक दलका दुईजना सदस्य सँगै १७ जना प्राविधिक हुनुहुन्थ्यो । अचानक क्र्यास भयो,’ उनले भने ।

उनले जहाजलाई क्याप्टेन एम आर शाक्य र कोपाइलट सुशान्त कटुवाल रहेको जानकारी दिए । सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार