साउनमा ब्युटी पार्लरमा भ्याईनभ्याई, मेहेन्दी लगाएकै ५ हजार !

भक्तराज जोशी

कैलाली । साउन लागेसँगै धनगढीका ब्युटी पार्लर ग्राहकले भरिएका छन् । हरियो महिनाका रुपमा लिइने साउनमा धनगढीका ब्युटी पार्लर तथा कस्मेटिक पसल चुरापोते किन्नेका साथै मेहेन्दी लगाउने ग्राहकहरुले भरिएका हुन् । यसै पनि हिन्दु परम्पराअनुसार साउनलाई शुद्ध र सौन्दर्यताको महिनाका रुपमा पनि लिने गरिन्छ । यही कारण पनि अन्य महिनाको भन्दा तुलनात्मक रुपमा साउनमा कस्मेटिक तथा ब्युटि पार्लरको व्यापार अलि बढि नै हुनेगर्छ ।

यसैबीच धनगढीको सहीद गेट नजिक विगत ३ वर्षदेखि सुप्रिया ब्युटि पार्लर संचालन गर्दै आएकी सुप्रिया रोकायाले साउन लागेसँगै पसलमा मेहेन्दी लगाउन आउनेहरुको चाप बढेको बताएकी छिन् ।

dashain shuvakamana
Discovery School

रोकायाका अनुसार हाल दैनिक औषतमा १० देखि १५ जना ग्राहकहरु मेहेन्दी लगाउनकै लागि आउने गरेका छन् । तर सोमबारका दिन भने ब्युटि पार्लरमा आउने ग्राहकहरुको संख्या अन्य दिनभन्दा बढी हुने रोकायाले बताइन् ।

‘ब्युटि पार्लरमा सोमबारबो दिन अलि बढी ग्राहकहरु आउँछन् । अन्य दिनमा भने ग्राहकहरुको चाप कम हुन्छ’, उनले भनिन्, ‘प्रायजसो दैनिक रुपमा १० देखि १५ जना ग्राहकहरु आउने गर्छन् ।’

रोकायाले ब्युटि पार्लरमा मेहेन्दी लगाउन आउने ग्राहकहरुबाट डिजाइनका आधारमा पारिश्रमिक लिन्छिन् । ‘पसलमा आउने ग्राहकले जुन डिजाइनको मेहेन्दी लगाउन भन्नुहुन्छ, त्यही डिजाइन अनुसारको पारिश्रमिक लिन्छौँ’, रोकायाले भनिन्, ‘साधारण डिजाइनको १०० देखि १५०, हेभि डिजाइनको ५०० र दुलहीले लगाउने मेहेन्दीको डिजाइनको ४ देखि ५ हजार भन्दा बढी पारिश्रमिक लिने गरेका छौँ ।’

योसँगै उनले साउनमा मेहेन्दी लगाउने ग्राहकहरुको चाप बढे पनि साउन सकिए लगत्तै हिन्दृ नेपालीहरुको महान् चाड हरितालिका तीज आउने हुनाले साउनपछि पनि ग्राहकको चाप कायमै रहने बताएकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार