टी-२० आई वरीयता : आसिफको सुधार, दीपेन्द्र, सोमपाल र रोहितको खस्कियो !

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ टी–२० आई वरीयता ओपनर आसिफ शेखको सुधार भएको छ । टी–२० आई ब्याटिङ वरीयतामा आसिफले एक स्थान सुधार गर्दै ६९औँ स्थानमा छन् । सोही स्थानमा अष्ट्रेलियाका म्याथ्यु वेड छन् । दुवै खेलाडीको अङ्क समान ४३१ छ ।

टी–२० आईको ब्याटिङतर्फ नेपालका कप्तान रोहित पौडेल ६१ औँ र दीपेन्द्रसिंह ऐरी ४६ औँ स्थानमा यथावत् छन् । भारतका ऋतुराज गायकवाडले एकै पटक १३ स्थान सुधार गर्दै सातौँ स्थानमा छन् । अष्ट्रेलियाका ट्रविस हेड शीर्ष, भारतका सूर्यकुमार यादव दोस्रो र इंग्ल्यान्डका फिलिप साल्ट तेस्रो स्थानमा छन् ।

Dengue

बलिङतर्फ टी–२० आई वरीयतामा दीपेन्द्रसिंह ऐरीले तीन स्थान गुमाएका छन् । दीपेन्द्र ३ स्थान तल झर्दै १००औँ स्थानमा छन् । त्यस्तै सोमपाल कामी दुई स्थान तल झरेका छन् । सोमपाल ९४औँ स्थानमा पुगेका छन् ।

टी–२० आई अलराउण्डरतर्फ वरीयतामा दीपेन्द्रसिंह ऐरी सातौँ, कुशल मल्ल ३६औँ, गुलशन झा ६९औँ, कुशल भुर्तेल ७१औँ र करण केसी७५ औँ स्थानमा यथावत् छन् । रोहित पौडेल एक स्थान तल झर्दै ५५ औँ स्थानमा पुगेका छन् ।

उता ओडीआईमा नेपालको दुई स्थान खस्किएको छ । पछिल्लो पटक २ जुलाईमा भएको अपडेट अनुसार नेपाल १७औँ स्थानमा पुगेको छ । नेपाल भन्दापछि ओमान १८औँ, अमेरिका १९ औँ र युएई २०औँ स्थानमा छन् । नामिविया १६औँ र क्यानडा दुई स्थान सुधारका साथ १५औँ स्थानमा छ । टी-२० आई वरीयतामा अघिल्लो हप्ताको अपडेट अनुसार नेपाल १७औँ स्थानमा यथावत्‌ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार