शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम साढे ५ अर्ब

काठमाडौं : शेयर बजारमा आज फेरि सुधार आएको छ । बजार दोहोरो अंकले बढ्दा कारोबार रकम साढे ५ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.७९ अंकले बढेको हो । ०.७३ प्रतिशतले बजार बढ्दा नेप्से २१५२.१४ अंकमा उक्लिएको छ । 

समग्रमा बजार बढे पनि वित्त, होटल, उत्पादनमूलक र ट्रेडिङ क्रमशः ०.१५, ०.२८, ०.५४ र ०.३१ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । लघुवित्त समूह सबैभन्दा बढी ३.०६ अंकले बढेको छ । 

Dengue
undefined

आज ३१६ कम्पनीका १ करोड १६ लाख ६१ ह्जार २ सय ८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५.३१ रुपियाँ बराबरको कारोबार भएको हो । 

विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । गणपति लघुवित्त, आत्मनिर्भर लघुवित्त, बुद्ध भूमि नेपाल हाइड्रो, यूनिक नेपाल लघुवित्त र सबैको लघुवित्त क्रमशः १०, १०, ९.९१, ९.७९ र ९.१५ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.४७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ७७ लाख ७५ हजार ९ सय ३१.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार २१.२७ अंकले उचालिंदा ६ अर्ब २९ लाख ३१ ह्जार ८ सय ५४.७१ रुपियाँ र हिजो सोमबार ४.६२ अंकले घट्दा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपियाँ  बराबरको शेयर किनबेच भएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार