पाटनको होटल व्यालेस एण्ड लजमा बैतडीको सिगास गाउँपालिकाको अफिस ,८ कोठा बुक नै गरी पालिकाको काम

बैतडी : बैतडीको सिगास गाउँपालिकाको कामकाज कार्यालय पाटनको होटल बनेको छ । असार २० गतेबाट गाउँपालिका अध्यक्ष हरिसिह धामी र प्रमुख प्रशासकिय अधिकृत रघुनाथ अवस्थीसहितका कर्मचारी होटलमा बसेर सिगासका जनताको काम गरिरहेका छन् ।

इन्टरनेट अभाव र लेखापालको कमीले सिगास गाउँपालिकाकाे कार्यालय गर्जेबाट सेवा दिन नसकिएको प्रमुख प्रसासकिय अधिकृत अवस्थीले बताए ।

उनले अन्य कार्यालयको लेखापालले काम चलाईदिने तथा उनलाई सिगास बोलाउदाँ उनले काम गर्ने कार्यालयको काममा बाधा पुग्ने भएकाले पाटन आउनु परेकाे बताए ।

गाउँपालिकाले योजना उभोक्ता समितिका काम अधिकास सम्पन्न गरेको छ भने बाँकि फाईलहरु पाटन नै लाएको छ ।

होटल व्यालेस एण्ड लज पाटन बैतडीमा गाउँपालिकाले २० गतेदेखि ८ कोठा भाँडा लिएर सिगासका जनताको भुक्तानी लगायतका सेवा दिइरहेको छ ।

झोलामा कार्यालयको छाँप, विकास निमार्णका फाईलसहितका लिएर मुख्य शाखाका प्रमुख तथा कर्मचारी पाटनमा छन् । कार्यालय इन्जिनियर कृष्ण बहादुर चलाउने, कम्प्युटर अपरेटर तथा सूचना प्रबिधि र  जिन्सीका रविन्द्र कुमार साउद लगायतका १६ कर्मचारी होटलमा बसेर काम गरिरहेका छन्र ।

 स्थानीय तहकाे रकममा उनीरूले राज गरीरहेकाे प्रमाणा प्राप्त भएका छन्र । स्थानीय तह र प्रदेशले असार २४ गतेसम्म मात्र कारोवार गर्न पाउछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार