टी–२० विश्वकप :अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

काठमाडौं : आइसीसी टी २० को सुपर ८ को खेलमा अफगानिस्तानले ऐतिहासि जित दर्ता गराएको छ ।

बलियो टोली अष्ट्रेलियामाथि अफगानिस्तानले २१ रनको जित हात पारेको हो । बिहान भएको सुपर ८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले हराउन सफल भयो ।

dashain shuvakamana
Discovery School

अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अष्ट्रेलियाले १९दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो ।

जितसँगै अफगानिस्तानले सेमिफाइनलमा पुग्ने आशा बढाएको छ । योसँगै अफगानिस्तान र अष्ट्रेलियाको समान २–२ अंक भएको छ।

यो समूहबाट भारत सेमिफाइनलमा प्रवेश गरेको छ। अष्ट्रेलियाले भोलि भारतसँग खेल्नेछ भने। अफगानिस्तानले पर्सी बंगलादेशसँग खेल्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार